बैशाख १३, २०८१, बिहीबार
               

बस दुर्घटना हुँदा १९ जना घाइते

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

दाङकाे घोराही तुलसीपुर सडकखण्डकाे ग्वारखोलामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना६ख १८१४ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ७ ग्वारखोला पुल नजिकै पल्टिँदा बसमा सवार यात्रुहरू घाइते भएका हुन् ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि