बैशाख ०८, २०८१, शनिबार
               

एप स्टोरबाट एक दिनमै ४६ हजार एप हटाइयो

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

एप्पलले आफ्नो एपस्टोरबाट एक दिनमा अहिलेसम्मकै धेरै एप्लिकेसनहरु हटाएको छ ।

एप्पलले आफ्नो चाइना स्टोरबाट ३९ हजार वटा गेम एप्लिकेसनहरु हटाइदिएको हो । लाइसेन्स लिनका लागि दिइएको डिसेम्बर ३१ सम्मको समयसीमामा पनि लाइसेन्स नलिएका गेम एपहरु एप्पलले चिनिया एपस्टोरबाट हटाइदिएको हो ।

लाइसेन्सविहीन गेम एप्लिकेसनहरुमाथि चिनिया सरकारले सुरु गरेको कारवाहीसँगै एप्पलले उक्त कदम अगाडि बढाएको बताइएको छ ।

चाइना स्टोरका ३९ हजार गेम एप्लिकेसन सँगै एप्पलले आफ्नो एप स्टोरबाट बिहिबार कूल ४६ हजार एपहरु बिहिबार हटाइदिएको छ । समाचार अनुसार यसरी हटाइएका गेमहरुमध्ये Assassin’s Creed Identity तथा  NBA 2K20 लगायतका चर्चित गेम एपहरु समेत रहेका छन् ।

एप्पलको पछिल्लो कदमबाट एप स्टोरमा रहेका शीर्ष १५ सय सशुल्क एपहरुमध्ये केवल ७४ वटा मात्र बँचेका छन् ।

एप स्टोरलाई सबैभन्दा ठूलो अनलाइन गेम मार्केट मानिन्छ । एप स्टोरमा कायम रहनका लागि गत जुनको अन्त्य सम्ममा सम्बन्धित सरकारले प्रदान गरेको लाइसेन्स पेश गर्न एप्पलले सबै गेम एप प्रकाशकहरुलाई अनुरोध गरेको थियो । पछि उक्त समयावधि डिसेम्बर ३१ सम्म लम्ब्याइएको थियो । एजेन्सी


कस्तो लाग्यो ?

यो पनि