बैशाख १३, २०८१, बिहीबार
               

पार्टी फुटाउन खुमलटारमा मात्रै २८० पटक बैठक बस्यो : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउनका लागि खुमलटारमा वैशाख यता २८० वटा वैठक बसेको बताएका छन् ।

आइतबार अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी फुटाउन प्रचण्ड–माधव नेपाल समूहका ३१५ वटा वैठक बसेको बताए ।

गएको वैशाखयता पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० वैठक बस्नुभएछ’, आज विहान आफूले रेकर्ड हरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘बाहिर ३५ वटा बैठक बस्नुभएछ, खुद्रा मसिना २ जना, ३ जनाका बाहेक ३१५ वटा वैठक उहाँहरु बसिसक्नु भयो ।’

ओलीले प्रचण्ड–नेपाल पक्षले जमघट भएका ठाउँमा मान्छे भेट्यो कि सही गराउँदै, पछि त्यसको माथि केपी ओली हटाउने व्यहोरा लेखेर टाँस्ने गरेको आरोप लगाए ।

महिलाको हुर्मत लिनलाई आफूलाई किड्नी दिने भान्जीदेखि राष्ट्रपतिसम्मको चरित्रहत्या गर्ने र महिलाको किड्नी लगाएको व्यक्तिको दिमाग सन्तुलित नहुने भनी टिप्पणी गर्ने गरेको समेत उनले बताए ।

प्रधानमन्त्री ओलीले पार्टी एकताको तीन वर्ष संगठन पुरै निष्कृय भएको बताए । ‘आन्दोलनको अग्रभागमा रहने अनेरास्ववियू परिचयपत्र देखाएर अनेरास्ववियू हुँ भन्नुपर्ने अवस्थामा पुग्यो’, उनले भने ।

उनले अव अलमलमा नपरी सांगठनिक गतिविधिमा अगाडि बढ्न आग्रह गरे । अनेरास्ववियूलाई एक नम्बरको संगठन बनाउन र टाढैबाट चिनिने खालको अनेरास्ववियूको सदस्य बन्न समेत उनले आग्रह गरे ।


कस्तो लाग्यो ?

यो पनि