बैशाख १२, २०८१, बुधबार
               

ललितपुरको गेष्टहाउसमा युवतीमाथि सामूहिक बलात्कार, भक्तपुरमा बालिका बलात्कृत

नेपाल फ्ल्यास
पुस १९, २०७७

सांकेतिक तस्बिर
ADVERTISEMENT

ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा २७ वर्षीया युवती सामूहिक रुपमा बलात्कृत भएकी छन् ।

२७ वर्षीया युवतीमाथि बलात्कार गरेको भन्दै प्रहरीले ग्वार्कोस्थित लुम्बिनी गेस्ट हाउसबाट २ जना पुरुषलाई पक्राउ गरेको छ ।

ती युवतीलाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट उनीहरुलाई शनिबार पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका घर भएका ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जना छन् ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो २ जना पुरुषले ग्वार्को बस्दै आएकी युवतीलाई ललाई फकाई प्रलोभनमा पारी गेस्ट हाउसमा लगेका थिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध जवर्जस्ती करणी सम्बन्धी कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

१५ वर्षीया बालिका बलात्कृत

यसैबीच, भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने २८ वर्षीय नवराज कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई बिहीबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि