बैशाख १३, २०८१, बिहीबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि पहाडी भू–भागमा अत्याधिक चिसो बढ्नुका साथै हिमपातको पनि सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातसँगै सुदुर पश्चिम प्रदेश र  कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाकोसम्भावना रहेको छ ।

साथै, राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैगरी सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनि र गण्डकी  प्रदेशका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि