बैशाख १४, २०८१, शुक्रबार
               

आविष्कार केन्द्रलाई जेम्सको सहयोग

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

झापाको दमक–८ स्थित झापा मोडल अङ्ग्रेजी बोर्डिङ स्कुल (जेम्स) ले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई ५१ हजार आर्थिक सहयोग गरेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको हातामा सञ्चालित सो केन्द्रलाई विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउन सहयोग पुगोस् भन्दै स्कुलले सो सहयोग प्रदान गरेको प्रिन्सिपल सागर श्रेष्ठले बताए ।

विद्यालयको एक टोली आज केन्द्रको कार्यालयमा पुगेर सो सहयोग हस्तान्तरण गरेको हो । विद्यार्थी, शिक्षक र स्कुल सञ्चालकबाट सङ्कलित सो सहयोग रकम केन्द्रका संस्थापक पुनलाई विद्यार्थीको हातबाट हस्तान्तरण गरिएको स्कुलका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बताए। त्यस अवसरमा आविष्कारक पुनसँग विद्यार्थीले विज्ञान र प्रविधिका बारेमा अन्तरक्रिया गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि