चैत १६, २०८०, शुक्रबार
               

बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

नेपाल फ्ल्यास
पुस १८, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

उदयपुरको बेलका नगरपालिका-३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् ।

बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए ।

पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि