बैशाख १३, २०८१, बिहीबार
               

बर्दी र पेस्तोल देखाएर श्रीमतीसँग टिकटक बनाउने सई कारबाहीमा

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

श्रीमतीसँग टिकटक भिडियो बनाएको कसुरमा नेपाल प्रहरीका सई कारबाहीमा परेका छन् । 

महानगरीय प्रहरी कार्यालय मेट्रोले प्रहरी बर्दी र पेस्तोलको दुरुपयोग गरेको भन्दै भक्तपुरका सुडाल प्रभागका इन्चार्ज रत्नबहादुर थापालाई कारबाही गरेको हो । 

मेट्रो प्रमुख विश्वराज पोखरेलले नायब निरीक्षक(सई थापालाई तत्कालै उक्त जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको बताए। प्रहरीका अनुसार थापाले श्रीमतीसँग प्रहरी कार्यालयभित्रै केहीपटक टिकटक बनाएका थिए।

त्यसरी बनाइएको एउटा टिकटकमा थापाकी श्रीमतीले प्रहरी बर्दीमा पेस्तोल समातेको देखिन्छ। अर्को टिकटकमा थापा प्रहरी बर्दीमा देखिन्छन् भने साथमा उनकी श्रीमती पनि छन्।

डीआईजी पोखरेलले प्रहरी बर्दी लगाएर संगठनको नियमविपरीत काम गर्न नपाइने बताए। मेट्रोले सुडाल प्रभागमा सई राजु प्रसाईलाई जिम्मेवारी दिएर पठाएको छ।


कस्तो लाग्यो ?

यो पनि