बैशाख ०७, २०८१, शुक्रबार
               

पार्टीको वैधानिकता आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक भएको दावी गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने बताएका हुन् ।

उनले निर्वाचन आयोगमा एउटा निवेदन दिँदैमा वैधानिकता प्राप्त नहुने बताए ।

‘कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त हुँदैन’, ओलीले भने, ‘उहाँहरु (प्रचण्ड-माधव नेपाल) वैधानिकताको निवेदन बोकेर निर्वाचन आयोग जानुभएको छ, हामी वैधानिकताको दर्खास्त हाल्न निर्वाचन आयोग गएका छैनौँ ।’

उनले आफूहरु कहाँ छौँ भन्ने कुरा जनताले देखेको भन्दै प्रचण्ड-नेपालहरु सडकमा छातीमा कागज टाँसेर यहाँ छौँ भन्ने अवस्थामा आइपुगेको बताए ।

‘हामी आधिकारिक हौँ, त्यसैले हामी यहाँ छौँ भनेर कागज छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्थामा छैनौँ’, उनले भने, ‘उहाँहरु सडकमा बस्नु पर्ने अवस्था आइसकेको छ ।’

उनले आफूहरु आधिकारी पार्टी भएका कारण नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जानू नपर्ने बताए । हामीसँग पार्टी भएका कारण अर्को पार्टी दर्ता गर्न जाँदैनौँ’, उनले भने ।

प्रधानमनत्री ओलीले प्रचण्ड-नेपाल समूहका गतिविधिले आम कार्यकर्ताको मन दुखेको समेत बताए ।

उनले भने, ‘उहाँहरु निर्वाचन आयोग, अदालत, सडक, मिडियामा गएर तमासा देखाउनु भएको छ । उहाँहरुका गतिविधिले दुःख गरेर गरेर पार्टी निर्माण गरेका कार्यकर्ताको मन दुखेको छ ।’


कस्तो लाग्यो ?

यो पनि