बैशाख ०६, २०८१, बिहीबार
               

विवाह गर्दै अर्जुन र मलाइका

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

नायक सलमान खानका भाइ निर्देशक अरवाज खानसँग डिर्भोस भएपछि बलिउड अभिनेत्री मलाइका अरोरा खान केही वर्षयता अभिनेता अर्जनु कपूरसँग प्रेममा रहेको हल्ला चलेको छ ।

दुबै एकसाथ देखिनु एक अकार्को घरमा भएको विशेष कार्यक्रममा सरिक हुनु उनीहरुका लागि सामान्य बनिसकेको छ । यसबीच मलाइका र अर्जुन कपुर फेरि एकपटक गोवामा छुट्टि मनाइरहेका छन् ।

रोचक त के छ भने यी दुबैका साथमा मलाइकाका छोरा अरहान र अमृता अरोरा पनि छन् । सबैले एकासाथ गोवामा क्रिसमस मनाउन पुगेका थिए । अब उनी नयाँ वर्ष २०२१ समेत मनाएर फर्किने तयारीमा छन् । उनीहरुको समूहमा निर्माता निर्देशक करण जौहरसमेत सरिक भएका छन् ।

मलाइकाले शेयर गरेको गोवा ट्रिपको तस्वीरमा उनकी बहिनी अमृता र करण देखिएका छन् । यसैबीच, विवादको घेरामा रहेको मलाइका र अर्जुनको सम्बन्ध सन् २०२१ भित्र विवाहमा परिणत हुने संकेत देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि