चैत १६, २०८०, शुक्रबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम परिवर्तन हुनुका साथै केही पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

साथै, राती पनि प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू(भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि