बैशाख ०७, २०८१, शुक्रबार
               

संसद् पुनःस्थापना हुँदैन : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापना नहुँने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौंमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई बुधबार सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरे ।

यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । सो विषय हाल सर्वोच्च अदालतमा विचारधीन छ । उनले यस स्थितिमा अर्को सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गरे ।

‘म प्रतिनिधिसभाको ६४ प्रतिशत मतप्राप्त नेताका हैसियतले सरकार सञ्चालनमा बाधा उत्पन्न भई संसद् विघटनको निर्णयमा पुगेको हुँ, राजनीतिक आग्रहका आधारमा पुनःस्थापना हुन सक्दैन, विघटनको निर्णय संविधानअनुसार नै गरिएको हो, चुनावमा आउनुस् चुनाव स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनेछ ।’

प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘के चुनावमा जाँदा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता संकटमा पर्छ र रु झन् बलियो हुने होइन र रु’ विपक्षी समूहलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले सडकमा आन्दोलन नगरी बरु जित्ने गरी चुनावमा आउन आग्रह पनि गरे ।

नेकपाभित्रको विवादका प्रसङ्गमा प्रधानमन्त्री ओलीले एकता गर्दा एकता बलियो बनाउन, संविधानको कार्यान्वयन र मुलुकको स्थिरतालाई ध्यानमा दिएर अर्को पक्षलाई बहुमत केन्द्रीय सदस्य दिइएको जनाउँदै नेकपाभित्रको प्रतिस्पर्धाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नसक्ने भएकाले एक जुट भई अगाडि बढ्न अनुरोध गरे ।


कस्तो लाग्यो ?

यो पनि