बैशाख ०८, २०८१, शनिबार
               

ट्रक र ट्यांकर ठोक्किँदा दुवै चालकको मृत्यु

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

धनुषा । पूर्व–पश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को १ ख २३३८ नम्बरको ट्यांकर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बिआर शून्य जिडी ८८५९ नम्बरको भारतीय ट्रक आज एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा परी ट्यांकर चालक मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारत विहार राज्य चम्पारण जिल्ला गमहरिया पञ्चायत बस्ने २० वर्षीय रङ्गिला कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

गम्भीर घाइते चालक मण्डललाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र ट्रक चालक रङ्गिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, ट्यांकरका सहचालक मोरङको धनपाल गाउँपालिका–३ बस्ने २२ वर्षीय धनराम यादवलाई जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको छ भने ट्रकका सहचालक भारतीय नागरिक जावेद आलमको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

ठक्करबाट ट्यांकर र ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षतविक्षत भएको छ । घटनाको विवरणअनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोले पश्चिमबाटै डिजल बोकेको ट्यांकरलाई ओभरटेक गरेर अगाडि बढ्ने क्रममा पूर्वबाट आइरहेको भारतीय ट्रकमा ठोक्किन पुगेपछि ट्रक चालकको सन्तुलन बिग्रिएर ट्यांकरमा ठोक्किएको अनुमान गरिएको छ । सो दुर्घटनामा पिकअप बोलेरो गाडीमा पनि क्षति पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि