बैशाख ०८, २०८१, शनिबार
               

गोरखाका ३० सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन प्रदान

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका ३० सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन प्रदान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि सो गाउँपालिकाका नौ माध्यमिक र २१ आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको हो । 

विद्यालयमा आइटिसी सामग्री कार्यक्रम सञ्चालनार्थ सहजताका लागि नेपाल युथ फाउन्डेशन र गण्डकी गाउँपालिकाको सहकार्यमा ती सामग्री उपलब्ध गराइएको हो । ल्यापटप र टेलिभिजन खरिदका लागि गाउँपालिकाले फाउण्डेशनलाई पाँच लाख उपलब्ध गराएको थियो । ल्यापटप र टेलिभिजन उपलब्ध भएसँगै विद्यालयले अब अनलाइन प्रविधिमार्फत पढ्न पाउने भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि