बैशाख ०७, २०८१, शुक्रबार
               

‘चाडपर्वले भौगोलिक विविधतालाई आपसमा गाँसेको छ’

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किराँत समुदायको महान् चाड उधौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर), कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातिको तमु ल्होसार, धान्यपूर्णिमा र यःमरी पुन्ही २०७७ को अवसरमा आज यहाँ शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देश जारी गर्दै उधौली, चाक्चाकुर, तमु ल्होसार, धान्यपूर्णिमा, यःमरी पुन्हीजस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको सन्देशमा मुख्यमन्त्री राईले उल्लेख गरेका छन् ।

उनले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्यसमेत रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राईले सुरक्षित र सजगता अपनाएर चाडपर्व मनाउनसमेत आग्रह गर्दै विगत वर्षहरुमा हर्षोल्लासका साथ मनाउँदै आएका हाम्रा चाडपर्व यस वर्ष कोरोना भाइरसका कारण असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनुपरेको उल्लेख गरेका छन् । ‘कोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट बच्न जो जहाँ छौँ, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन मेरो विशेष अनुरोध छ’, उनले भनेका छन् ।  

यो पनि