बैशाख ०८, २०८१, शनिबार
               

राहदानी बुझ्न दक्षिण कोरियास्थित दूतावासको आग्रह

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आवेदन दिएकाहरुलाई राहदानी बुझिलिन दक्षिण कोरियास्थित दूतावासले आग्रह गरेको छ । दूतावासले २०२० नोभेम्बर २६ सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरूलाई राहदानी बुझिलिन आग्रह गरेको हो ।

नयाँ राहदानी बुझ्नका लागि पुरानो राहदानी (नविकरण भएमा) तथा बिल लिई दूतावासमा जानुपर्ने हुन्छ । शुल्क तिर्नको लागि भने हुलाकमार्फत (थुंगि) रजिष्टर मेल गरेर दूतावासको ठेगानामा पठाउन सकिनेछ ।

दूतावासका अनुसार यसरी पठाउँदा आवेदकको ठेगानामा पठाउन लाग्ने हुलाक शुल्क थप तीन हजार(कोरियन वोन)लाग्ने भएको हो । बच्चाको हकमा भने बुबाको राहदानीको प्रतिलिपी चाहिनेछ ।

हुलाकमार्फत थुंगी गर्दा आफूले पाउने ठेगाना र फोन नम्बर लेखेर पठाउन अनुरोध गर्दै नेपाली दूतावासले राहदानी पाइसकेपछि १० दिनभित्र ईमिग्रेसन अफिस गएर नयाँ राहदानी नम्बर परिवर्तन गराउन भनेको छ ।


कस्तो लाग्यो ?

यो पनि