बैशाख १४, २०८१, शुक्रबार
               

यसकारण राजनीतिमा प्रवेश नगर्ने रजनीकान्तको घोषणा

एजेन्सी
पुस १४, २०७७

ADVERTISEMENT

केही सहयअघि मात्रै नयाँ पार्टी खोल्ने घोषणा गरेका भारतीय चर्चित अभिनेता रजनीकान्तले राजनीतिमा प्रवेश नगर्ने घोषणा गरेका छन् ।

स्वास्थ्यमा समस्या देखाउँदै रजनीकान्तले आफूले नयाँ पार्टी नखोल्ने तथा राजनीति समेत नगर्ने बताएका हुन् ।

केही समय अगाडि राजनीतिमा प्रवेश गर्न लागेको बताउँदै उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका थिए,‘अहिले नभए कहिले, हामी परिवर्तन गर्नेछौं, सबै परिवर्तन गर्नेछौं ।’

बलिण्डका मेगास्टार रजनीकान्तले पार्टी खोल्ने घोषणा गरेसँगै उनका समर्थकहरुले त्यस कार्यको स्वागत गरेका थिए ।

तर पछिल्लो समय ब्लड प्रेसरबाट पीडित रजनीकान्त हालैमात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । 

राजनीतिमा प्रवेश नगर्ने घोषण गर्दै निर्णय फिर्ता गर्नुमा आफूलाई दुख लागेको तर यसैमा आफ्नो भलाई भएको उल्लेख गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि