बैशाख ११, २०८१, मंगलबार
               

काठमाडौंमा पुलबाट मोटरसाइकल खस्दा एकको मृत्यु

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिका ४ सुकेधारा नजिक गोपीकृष्ण पुलबाट मोटरसाइकल धोबीखोलामा खस्दा एक जनाको मृत्यु गएको छ।

दुर्घटनामा काठमाडौं कपन बस्ने सिन्धुली दुधौली नगरपालिका ५ का मोटरसाइकल चालक २७ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको हो ।

बा २६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति धोबीखोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल–भारत अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि