बैशाख १३, २०८१, बिहीबार
               

पुसयता बेलायतबाट फर्केकाहरुलाई अनिवार्य  १० दिन क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट पुस १ गते यता आएका सबैलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोरानो भाइरसको प्रजाति देखा परेको सन्दर्भमा सो भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि त्यहाँबाट आएका सबैलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकार लागिपरेको जनाउँदै मन्त्रालयले पुस १ गतेदेखि ७ गतेभित्र बेलायतबाट वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रवेश गर्नुहुने सम्पूर्ण व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र नजिकको सकारी स्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्न समेत अनुरोध गरेको छ । उक्त परीक्षणका लागि शुल्क निलिन समेत अस्पताललाई अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि