बैशाख ११, २०८१, मंगलबार
               

बृहस्पति र शनि ग्रह सोमबार नजिक हुँदै

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह बृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् ।

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्त्व रहने बताए ।

हरेक २० वर्षको अन्तरालमा बृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया देखिए पनि रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आएको हो । उनका अनुसार यस्तो दुर्लभ दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ ।

उनले शनि र बृहस्पति बिहान ९ बजेअघि नै उदाउने र साढे ७ बजे अस्ताउने भएकाले तथा वृहस्पति र शनिभन्दा माथि त्यही समयमा अर्धचन्द्रमासहित देखिने भएकाले बेलुका पौने ६ बजेदेखि ७ बजेभित्र अवलोकन गरिसक्नुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि