बैशाख ११, २०८१, मंगलबार
               

पाकिस्तानमा बलात्कारीलाई अब यसरी बनाइनेछ नपुंसक

एजेन्सी
पुस ०३, २०७७

ADVERTISEMENT

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले बलात्कारविरुद्ध नयाँ अध्यादेश २०२० मा हस्ताक्षर गरेसँगै अब त्यहाँ बलात्कार गर्ने पुरुषलाई नपुंसक बनाउनेसम्मको सजाय दिइनेछ ।

रसायनिक प्रयोगबाट पुरुषमा यौन इच्छा घटाइन्छ, उसको टेस्टोस्टेरोन हर्मोन कम गराइन्छ । 

टेस्टोस्टेरोन हर्मोन मुख्य रूपमा सेक्स हर्मोन हो ।

यसमा कामशक्ति घटाउने औषधि प्रयोग गरिन्छ । यसको असर केही समयका लागि हुन्छ । यसकारण एक निश्चित अवधिपछि फेरि दिनुपर्ने हुन्छ । 

यसको असर अन्त्य हुनेबित्तिकै फेरि पहिलेजकै जस्तो यौन इच्छा जागृत हुन्छ ।

यो औषधि क्याप्सुल वा इन्जेक्सनमार्फत दिइन्छ । क्याप्सुल नियमति खानुपर्ने हुन्छ भने इन्जेक्सन दिएपछि त्यसले केही महिनासम्म काम गर्छ ।


कस्तो लाग्यो ?

यो पनि