चैत १६, २०८०, शुक्रबार
               

स्थायी समितिको निर्णय भन्दै फरक-फरक सूचना संप्रेसित

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । स्थायी समितिको निर्णयलाई लिएर अध्यक्षद्वयको तर्फबाट फरक-फरक सूचना संप्रेसित भएका छन् । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यादेश फिर्ता र राष्ट्रपतिलाई बुझाएको पत्र फिर्ताबाहेक कुनै सहमति नभएको भनी बताएको छ । 

तर, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले संवैधानिक आयोगमा सहमतिका आधारमा नियुक्ति गर्ने, यसैका आधारमा अध्यादेश फिर्ता लिने र संसद आह्वानको  निवेदन फिर्ता लिने निर्णय सर्वसम्मत भएको भनी सामाजिक सञ्जालमा सूचना संप्रेसित गरेका छन् । 

 

नेकपा बरिष्ठ नेता झलनाथ खनालले पनि सरकारले ल्याएको अध्यादेश फिर्ता र संसद् बोलाउने प्रस्तावबाहेक कुनै पनि सहमति नभएको बताए । नेता खनालले अरु विषयमा आगामी स्थायी कमिटी बैठकमा छलफल हुने बताए ।

यसरी एउटै बैठकको निर्णय एकअर्कामा निमल्ने गरी सार्वजनिक भएपछि  दुई अध्यक्षबीच पुन:विवाद उत्पन्न भएको अनुमान गर्न सिकन्छ । 


कस्तो लाग्यो ?

यो पनि