बैशाख ०७, २०८१, शुक्रबार
               

स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेकाे नेपालद्वारा पुन: नयाँ प्रक्रिया सुरु

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया सुरुवात गरेकाे छ । स्याटेलाइट राख्न ४ वर्ष अघि सुरु गरेको पुरानो प्रक्रिया गत मंसिर २१ मा रद्द गरेपछि प्राधिकरणले नयाँ प्रक्रिया अगाडि बढाएको हो । 

दूरसञ्चार प्राधिकरणले बुधबार सूचना प्रकाशित गर्दैं स्याटेलाइटको नियमन तथा सुरक्षा, व्यवसायिक मोडालिटी र सञ्चालनको मोडालिटी नीति तयार गर्न अन्तर्राष्ट्रिय परामर्श माग गरेको छ । 

परामर्शको लागि नेपाल सरकारले छुट्टै रकम विनियोजन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले इच्छुक परामर्शदाताबाट आशयपत्र माग गरेको हो । परामर्शदाताले आगामी डिसेम्बर ३१ भित्र आफ्नो आशयपत्र दर्ता गरिसक्नुपर्नेछ ।

 


कस्तो लाग्यो ?

यो पनि