बैशाख १३, २०८१, बिहीबार
               

अध्यादेशमा के छ ?

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक परिषद्को बैठक पटक-पटक गणपूरक संख्या नपुगेककै कारण स्थगित हुँदै आएपछि सरकारले सो समस्या हल हुने गरी अध्यादेश ल्याएको छ।

यसअघि क्रमश: मंगलबार  आइतबार संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेकै कारण स्थगित भएको थियो ।यसरी पटक-पटक संवैधानिक परिषद्को बैठक स्थगित भएसँगै सरकारले अध्यादेशमार्फत संवैधानिक परिषदमा तीन जना मात्रै उपस्थित भए बैठक सञ्चालन गर्न मिल्ने गरी मंगलबार अध्यादेश ल्याएको हो । 

नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्छ । यसो हुँदा तीन जना सदस्य भए पनि बैठक बस्न सक्छ किनभने हाल पाँच जना सदस्य मात्रै पदमा बहाल छन् । 

बैठकमा पेस भएको विषयमा सर्वसम्मत निर्णय हुने उल्लेख छ । पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ ।

यसो हुँदा ३ सदस्यहरुले निर्णय गर्न सक्नेछन् । अध्यादेशको व्यवस्थाअनुसार, अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।

सो अनुसार  मंगलबार तीन जना संवैधानिक सदस्य प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र शम्शेर राणा र राष्ट्रियसभाका अध्यक्षको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।


कस्तो लाग्यो ?

यो पनि