बैशाख ११, २०८१, मंगलबार
               

सरकारले प्रभावकारी रुपमा काम गर्न नसक्दा मुलुक संकटउन्मुख हुँदै छ : राई

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेका कारण मुलुक सङ्कटको दिशातर्फ उन्मुख हुँदै गएको बताएका छन् ।

सप्तरीको बलुवामा कार्यकर्ता भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सरकार अगाडि बढ्न सक्नुपर्दछ ।’ 
वरिष्ठ नेता राईले सङ्घीयता र सम्मुनत समाजवादलाई आफ्नो पार्टीले अभिन्न अङ्गका रुपमा लिएको बताउँदै सङ्घीय राज्य प्रणालीमा मात्र देशको विकास र समृद्धि हुन सक्छ भने । 

जनता समाजवादी पार्टी क्षेत्र नं १ (क) का क्षेत्रीय संयोजक माधव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं श्रम तथा रोजगार विभाग प्रमुख राजकुमार लेखी, केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठ, सप्तरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, केन्द्रीय सदस्य एवं पूर्वसांसद सूर्यनाथ यादव, केन्द्रीय सदस्यहरु विनोद चौधरी, जगदेव यादव, महेन्द्र चौधरी, श्यामसुन्दर सरदार र कल्पना चौधरीले मुलुकको वर्तमान राजनीतिका विविध पक्षमाथि बोलेका थिए ।


कस्तो लाग्यो ?

यो पनि