चैत १६, २०८०, शुक्रबार
               

कारवाही किन नगर्ने !

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

मानिसका चाहना अनेकन् हुन्छन् । हाम्रा प्रधानमन्त्रीका त सपना नै धेरै छन् । उनी त मुर्छित सपनालाई पानी झर्कने मान्छे । उनका चाहना पनि बढी हुनु स्वाभाविक नै हो ।

प्रधानमन्त्रीको चाहना छ भ्रष्टाचारीको अनुहार नहेर्ने । तर सबैको चाहना कहाँ पूरा हुन्छन् र ! उनी आफैँ भ्रष्टहरूबाट घेरिएका छन् । मन्त्री गोकुल बास्कोटाको कमिसन डिल प्रकरणले यही पुष्टि गरिदिएको छ । किनभने प्रधानमन्त्रीको पहिलो रोजाइमा थिए गोकुल बास्कोटा । टिकट दिलाए । सांसद जिताए । मन्त्री बनाए । मन्त्रिक्वाटरमा बस्ने ठाउँ पुगेन । बालकोटको आफ्नै घरमा बस्न दिए ।

यो यस्तो देश हो जहाँ असल काम गर्ने गोकर्ण विष्टहरू राजीनामा गर्न मौका पाउँदैनन् । उनीहरू बर्खास्तगीमा पर्छन् । वैदेशिक रोजगार व्यवसायीहरूले खुसियालीमा रक्सीको खोलो बगाउँछन् । त्यो देखेर नेकपाकै कार्यकर्ताहरू रनभुल्लमा पर्छन् । तर भ्रष्टाचारको दाग लागेका गोकुलहरूले बर्खास्त हुनु पर्दैन । राजीनामा दिएर विदावरी हुने शौभाग्य पाउँछन् ।

तर यस्तो पात्रबाट भएको कमिसन डिल सार्वजनिक भयो । ती मन्त्री पदबाट बाहिरिए होलान् । विषयमा यतिमै सकिँदैन । प्रधानमन्त्रीले मनन गर्नु जरुरी छ कि सधैँ मैले भ्रष्टाचारीको अनुहार हेरिरहेको रहेछु । आफ्नै वरिपरि नै भ्रष्ट रहेछन् । अब यो तथ्य हो । तपाईँले गोकुल कमरेडलाई दिएको साथ कहीँ कतै छिपेको छैन । गोकुल कमरेडको साथ पनि तपाईँलाई छँदै थियो । आमतवरमा यो तथ्य र अनुभूति दुवै हो ।

प्रधानमन्त्रीका भाषणले कतिपय अवस्थामा नेपालीलाई आनन्दमात्रै दिँदैन । आशा र उत्साह पनि ल्याउँछ । प्रतिपक्षीहरूलाई गर्ने सम्बोधन र व्यवहारले कतिपयमा आक्रोश पनि बढाउँछ । राजनीतिक शक्तिहरूबीच दूरी पनि बढाउँछ । अस्ति भर्खरै संसदमा प्रधानमन्त्रीले इन्डेक्स होइन इम्प्रेशनको कुरा गरे । उनले भने म आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न । तर सरकारकै प्रवक्ताको हर्कतबाट प्रधानमन्त्रीप्रति आम नेपाली आश्वस्त हुन सक्ने अवस्था रहेन । यो तथ्य पनि हो र अनुभूति पनि ।

यो यस्तो देश हो जहाँ असल काम गर्ने गोकर्ण विष्टहरू राजीनामा गर्न मौका पाउँदैनन् । उनीहरू बर्खास्तगीमा पर्छन् । वैदेशिक रोजगार व्यवसायीहरूले खुसियालीमा रक्सीको खोलो बगाउँछन् । त्यो देखेर नेकपाकै कार्यकर्ताहरू रनभुल्लमा पर्छन् । तर भ्रष्टाचारको दाग लागेका गोकुलहरूले बर्खास्त हुनु पर्दैन । राजीनामा दिएर विदावरी हुने शौभाग्य पाउँछन् ।

राजकीय पदमा पुगेका ठूल्ठूला पात्रहरू विवादमा पर्ने गरेका छन् । तर तिनीहरूलाई कारबाही भनेको त्यही मन्त्री पदबाट बहिर्गमन मात्र हुने गरेको छ । मन्त्री पदमा बसेर कमिसनको डिल गर्ने गोकुललाई अझै माननीय नै भनिरहनु पर्ने छ । हिजो पनि त्यही भयो । अब पनि त्यही होला । प्रधानमन्त्री साँच्चिकै सुशासनको पक्षपाती भए तत्काल कारबाही गर्नुस् । आम मानिसले बुझेको कारबाही मन्त्री पद खुस्कनुमात्र होइन । उसलाई गिरफ्तार गर्नु हो । पदीय मर्यादाविपरीत काम गरेकोमा प्रक्रियागत रूपमा मुद्दा चलाउनु हो । अब पनि भ्रष्टलाई माननीय भन्दै हिँड्नुपर्ने दिनको अन्त्य होस् । यो तथ्यभन्दा पनि अनुभूतिको कुरा हो ।

यो पनि