बैशाख १३, २०८१, बिहीबार
               

युट्युब लाइभमा पनि अब एचडिआर

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । युट्युबले भिडियो अपलोड गर्दा २०१६ मा नै (हाइ-डाइनामिक-रेञ्ज) एचडिआर सपोर्ट दिएको थियो ।

यसको प्रयोगबाट भिडियो निर्माताहरूले उच्च कन्ट्रास्ट, सुहाउँदो छायाँ, हाइलाइट, रङ संयाेजन र समग्रमा राम्रो क्वालिटीसहित भिडियो अपलोड गर्दै आएका थिए ।

मंगलबार कम्पनीले सोही एचडिआर फिचर अब प्रत्यक्ष प्रशारणमा पनि दिने घोषणा गरेको छ ।

सपोर्टेड इन्कोडरका प्रयोगकर्ताले यो फिचरको प्रयोग गर्न पाउनेछन् भने पछिल्ला आधुनिक स्मार्टफोन र एचडिआरको क्षमता भएका टिभी वा अन्य डिभाइस यसको अनुभव गर्न सकिनेछ । गुगलको आफ्नै क्रोमकास्टले पनि एचडिआर कन्टेन्ट सपोर्ट गर्ने भएको छ ।

कम्पनीले यसअघि २०१७ मा नै एन्ड्रोइड मोबाइलमा एचडिआर प्लेब्याकको घोषणा गरेको थियो ।

युट्युबमा एचिडआर सार्वजनिक हुँदा सुरुमा निश्चित केही च्यानललाई मात्रै यो सुविधा दिइएको छ । तर, यो सुविधा प्रयोग गर्न चाहने कन्टेन्ट क्रिएटरका लागि पनि यो छिट्टै उपलब्ध हुने कम्पनीले बताएको छ ।

युट्युबले एचिडआरको प्रयोगले भिडियो हेर्दाको अनुभवलाई अझ सुधार गर्ने बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि