बैशाख ०८, २०८१, शनिबार
               

अचानक क्यालिफोर्नियामा २ दिन देखिएको रहस्यमयी धातुको खम्बा फेरि आकाशमा देखिएपछि..

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

वासिंगटन । विगत कयौं दिनदेखि अमेरिका र विश्वका फरक फरक हिस्सामा देखिएको धातुको खम्बाका रहस्य झन् गहिरिएको छ । एकपछि अर्को सहर तथा मरुभुमीमा देखिएका ती खम्बा अहिले आकाशमा देखिएको बताइएको छ ।

अमेरिकाको आइडाहोका जेफ जेकब गाडीबाट घर गइरहँदा उनले उक्त खम्बा हावामा देखेको बताइएको छ । उनले सामाजिक सन्जालमा तस्विर सेयर गरेपछि मानिसहरुले सन् २०२० मा अब एलियन्सको उपस्थितिमा पनि अचम्भित नुहने प्रतिक्रिया दिइरहेका छन् ।

जेकबको क्यामरामा कैद तस्विरमा कालो रंगको एक ठोस ढांचा हावामा देखिन्छ । यो के थियो भन्ने ठम्याउन नसकेपछि उनले सामाजिक सञ्जालमा त्यसको तस्विर सेयर गरेका हुन् ।

यसअघि, नोभेम्बरमा अमेरिकी राज्य युटाहको रेगिस्तानमा १२ फिट अग्लो धातुको खम्बा भेटिएको थियो । त्यसको नजिक पुगेका सर्वसाधारणदेखि अनुसन्धानकर्ताबीच ‘यो कहाँबाट आएको हो ?’ भन्ने प्रश्नलाई लिएर व्यापक चर्चा परिचर्चा भएको थियो । केही दिनपछि त्यहाँबाट पनि  यो गायब भयो । त्यहाँबाट हराएको २४ घन्टापछि नै यो खम्बा युरोपको रोमानियामा देखियो । अब यो खम्बा त्यहाँबाट पनि गायब भएर अमेरिकाको क्यालिफोर्नियामा देखिएको थियो  । रोमानियामा देखिएको खम्बा करिब २ दशमलव ८ मिटरको थियो ।

केही दिनअघि यो धातुको खम्बा क्यालिफोर्नियामा देखिएको थियो । अहिले क्यालिफोर्नियाबाट पनि गायब भएको छ ।

केही युजर्सले कमेन्टमा सम्भवत: युटाहबाट खम्बा कुनै नयाँ स्थानमा गइरहेको हुन सक्ने लेखेका छन् । जेफले भने, अचानक उक्त संरचना देखिन थाल्यो । यो आकाशमा केही समयका लागि मात्रै रह्यो र फेरी गायब भयो ।

जेकबले भने, केहीले यो युटाहको खम्बा हुन सक्ने र यो त्यही आकारको भएको बताएका छन् । युटाह र आइडाहो धेरै दुरीमा छैन र दुबै राज्य जोडिएका छन् । यो विषयमा सबैको खुल्दुलीको विषय बनेको छ ।

दुई वर्षअघि यस्तै खालको खम्बा वासिंगटनको सियाटलमा पनि देखिएको थियो । क्यालिफोर्नियाको अटासकाडेरो समाचारमा भनिएको छ, त्रिकोणात्मक प्रिज्म आकारको धातुको खम्बा स्टिलले बनेको जस्तो देखिन्छ जुन १० फिट लामो र १८ इन्च चौडाइको छ । यो खम्बाको हरेक किनारबाट ताछिएको छ र टाढाबाट पनि धेरै चम्किलो देखिएको छ । हरेक कुनामा किला लगाइएको छ ।

खम्बालाई जमिनमा गाडेको देखिएको छैन । यसलाई बल लगाई ढाल्न वा उखेल्न सक्ने बताइएको छ । पहाडीको टुप्पामा कसले यो खम्बा लगायो ? यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यो पूरै इलाका पर्यटकहरूका लागि आकर्षक केन्द्र हो र धेरैले यसको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

अखबारले स्थानीय अधिकारीहरूलाई यो धातुको खम्बा लगाइएको बारेमा जानकारी रहेको जनाएको छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि