बैशाख ०७, २०८१, शुक्रबार
               

नेपालले ४ वर्ष अघि सुरु गरेकाे स्याटेलाइट राख्ने प्रक्रिया खारेज

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

नेपालले ४ वर्षअघि अन्तरिक्षमा आफ्नै स्याटेलाइट राख्न सुरु गरेको प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले रद्द गरेको छ । 

स्याटेलाइट राख्नको लागि प्राधिरणले २०७३ साल असोज २० गते अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान पछि अन्तराष्ट्रिय कम्पनीहरूले आशयपत्र पनि बुझाएका थिए ।  

तर सोमबार एक सूचना प्रकाशित गर्दैं नेपाल दूरसञ्चार प्राधिरणले २०७३ साल असोज २० गते आह्वान गरेको अन्तराष्ट्रिय बोलपत्र र खरिद प्रकिया रद्द गरेको जानकारी दिएको छ । 

प्राधिकरणले आफ्नो चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा स्याटेलाइटको नीतिगत व्यवस्था गर्ने विषय समावेश गरेको छ । त्यसअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न इन्टरनेसनल स्ट्याण्डर्डको कार्यविधि, सञ्चालन मोडालिटी र विजनेस मोडल तयार गर्ने तथा नियन्त्रण , नियमन र सुरक्षाको लागि कानूनी तथा नीतिगत व्यवस्था गरिनेछ ।

प्राधिकरणले सूचनाकै व्यवस्था अनुसार स्याटेलाइट राख्नका लागि यस अघि अगाडि बढाइएको प्रक्रिया रद्द गरिएको जनाएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)ले सन् १९८४ मै नेपालका लागि ५० डिग्री र १ सय २३ दशमलव ३ डिग्री पूर्वी देशान्तरमा स्याटेलाइट राख्ने स्थान (अर्बिटल स्लट) उपलब्ध गराएको थियो । 

तर सञ्चार मन्त्रालयले गराएको अध्ययनबाट आईटीयूले नेपालका लागि उपलब्ध गराएको ‘अर्बिटल स्लट’मा स्याटेलाइट राख्न उपयुक्त नभएको देखिएको थियो । नेपाललाई ८० डिग्री पूर्वी देशान्तरदेखि ८९ डिग्री पूर्वी देशान्तरको ‘अर्बिटल स्लट’ उपयुक्त हुने सो अध्ययनको निष्कर्ष थियो ।


कस्तो लाग्यो ?

यो पनि