बैशाख ०७, २०८१, शुक्रबार
               

काठमाडौंकाे १० स्थानमा पुरानो फोनले नयाँ फोन साट्न पाइने

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

सामसुङ  मोबाइलकाे आधिकारिक विक्रेता आइएमएसले आफ्ना अधिकांश आइएमएस स्मार्ट शोरूमहरूमा सामसुङ एक्सचेन्ज सुविधा ल्याएको छ । सामसुङका ग्राहकहरूले आफ्नो पुराना सामसुङ  स्मार्टफोनहरूसँग राम्रो मूल्याङ्कन सहित नयाँ स्मार्टफोन साट्न सक्ने सुविधा ल्याएकाे हाे । 

तत्कालको लागि न्यूरोेडको पाको, रोयल सिङ्गी होटेल आर्केड, कमलादी, पिपल्स प्लाजा, खिचापोखरी, अल्का अस्पताल नजिक, जावलाखेल शेर्पामल, दरवारमार्ग र पिपल बोट चोकको नजिक, बौद्ध आउटलेटमा यो सुविधा उपलब्ध  छ । 

स्मार्टफोन साट्न चाहाने ग्राहकहरूले आइ.एम.एस स्माटको आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनुको साथै एक्सचेन्ज फाराम भर्नुपर्ने छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्टफोन छनौट सक्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि