बैशाख ०८, २०८१, शनिबार
               

रहेनन् एमडीएच मसला उद्योगका मालिक

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

प्रसिद्ध भारतीय मसला कम्पनी एमडीएचका संस्थापक महाशय धर्मपाल गुलाटीको निधन भएको छ ।

उनी ९८ वर्षका थिए । बिहीबार बिहान हृदयघातका कारण उनको मृत्यु भएको हो । उनी तीन सातादेखि अस्पतालमा उपचाररत थिए ।

एमडीएच मसलाको विज्ञापनमा उनको तस्वीर र भिडियो प्रयोग गरिएका कारण उनलाई धेरैले चिन्दथे । गुलाटीले आफ्ना पिता ‘महशियान दी हट्टी’को नाममा मसला कम्पनी स्थापना गरेका थिए । 

सानो स्तरबाट व्यवसाय सुरू गरेका धर्मपालले कालान्तरमा देशविदेशमा आफ्नो उत्पादनलाई फैलाएका थिए । एमडीएचका उत्पादन एसियाका साथै अन्य महादेशमा पनि प्रसिद्ध छन्। कम्पनीको कारोबार १५ सय करोड भारतीय रुपैयाँभन्दा अधिक रहेको बताइएको छ ।

व्यावसायिक क्षेत्रमा पुर्‍याएको योगदानका कारण गत वर्ष भारत सरकारले उनलाई पद्म भूषणले सम्मान गरेको थियो ।

उनको निधनमा भारतीय रक्षामन्त्री राजनाथ सिंह‚ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतले दु:ख व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि