चैत १५, २०८०, बिहीबार
               

नेपाल र भारत धेरै अघि बढिसकेको छ : भारतीय विदेशमन्त्री

एजेन्सी
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमण्यम् जयशंकरले विगतमा रहेका समस्याबाट नेपाल र भारत दुवै देश अघि बढ्ने निर्णय गरेको बताएका छन् ।

द हिन्दुमा प्रकाशित अन्तरवार्तामा उनले छिमेकी देशहरुबीच समस्या हुनु स्वभाविक भएको बताए ।

एस जयशंकरले नेपाल र भारतबीच विगतमा समस्या भए पनि ती समस्याबाट दुबै देश धेरै अगाडि बढीसकेको बताएका छन् ।

नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय बैठकको तयारी भइरहेका बेला जयशंकरले यस्तो कुरा बताएका हुन् ।

भारतीय विदेशमन्त्रीले अधिकांश छिमेकी मुलुक प्रजातान्त्रिक भएकाले ससाना समस्या हुनु आन्तरिक राजनीतिको उपज भएको बताए ।

उनले नेपाल र भारतले अगाडि बढ्ने निर्णय गरिसकेको बताएका छन् ।

नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय वार्ता भइसकेको छ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले नेपाल भ्रमण गरेका छन् भने गुप्तचर निकाय रअका प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि