चैत १६, २०८०, शुक्रबार
               

कोरोना कहर : जापानको वेरोजगार दर तिब्र

एजेन्सी
मंसिर १८, २०७७

ADVERTISEMENT

एजेन्सी । जापानको वेरोजगार दर निकै उच्च विन्दुमा अक्टोबरमा सम्ममा नै तीन वर्ष यताकै ठुलो संख्यामा पुगेको सरकारी तथ्यांकले देखाएको छ । 

यसरी जापानमा वेरोजगार दर बढदैँ जादा कोभिड-१९ को महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधिमा ठुलो धक्का परेको जापानको ठहर छ । 

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको संख्या २१ लाख ४० हजार पुगेको छ ।

जापान सरकारले महामारीका कारण आर्थिक संकटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ । 

यसैगरी,सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर २.७ प्रतिशतमा पुगेको तथ्यांकले देखाएको छ । 

यसरी हेर्दा जापानमा रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ ।

कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।

जापान सरकारले महामारीका कारण आर्थिक संकटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ ।

अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल संकटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पुप्याइएको छ । 


कस्तो लाग्यो ?

यो पनि