बैशाख ०६, २०८१, बिहीबार
               

नेसनल लाइफ इन्सुरेन्सको लाभांश १०.५३ प्रतिशत प्रस्ताव

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश परिमार्जन गरेको छ ।

कम्पनीले चुक्तापूँजीको प्रस्तावित लाभांश अनुसार लगानीकर्ताले १०.५३ प्रतिशत लाभांश पाउनेछन् ।

यसअघि कम्पनीले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सो अनुसार बीमा समितिमा पेश गरिएको वित्तीय विवरणमा समितिले सो विवरण निर्देशिका अनुसार नभएका कारण परिमार्जन  गर्न निर्देशन दिएको थियो ।

कम्पनीले आव २०७५/७६ को लाभांश परिमार्जन गरेको हो ।

सोही निर्देशन अनुसार कम्पनीको हिजो (बुधबार) बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण परिमार्जन गरी नगद लाभांश घटाई बोनस शेयरमा जोड दिएर नयाँ लाभांश प्रस्ताव गरेको हो ।

यो पनि