बैशाख ०७, २०८१, शुक्रबार
               

च्याम्पियन्स लिग : महत्वपूर्ण खेलमा पिएसजी विजयी

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी बिजयी भएको छ । समूह एच अन्तरगतको खेलमा पीएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई ३-१ ले हरायो ।

पीएसजीको जितमा नेमारले छैटौं मिनेट र इन्जुरी टाइममा गोल गरे । पीएसजीका लागि ६९औं मिनेटमा मार्कुविन्होसले गोल गरेका थिए । पहिलो हाफकाे ३२औं मिनेटमा  मार्कुस रासफोर्डले  गरेको गोलबाट युनाइटेड बराबरीमा आएपनि खेलको दोस्रो हाफमा दुई गोल खादा हार व्यहोर्न पुग्यो ।

च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि खेल जित्नै पर्ने दवाबमा रहेको पीएसजी ५ खेलबाट ९ अंक जोडि शिर्ष स्थानमा रहन पुग्यो ।

सोहि समुह अन्तरगतको अर्को खेलमा जर्मन क्लब आरबी लाइपजिगले टर्किस क्लब इस्तानबुल बाकाससेयरलाई ४-३ ले हरायो । उक्त जितका साथ समान ९ अंक बनाएको लाइपजिग तेस्रो स्थानमा रहेको छ । समुह एचबाट दोस्रो चरणप्रवेश गर्ने टिमको टुङगो अन्तिम खेलले गर्ने छ ।

 


कस्तो लाग्यो ?

यो पनि