बैशाख ०७, २०८१, शुक्रबार
               

मगर संघ अमेरिकाले पठायो सपनाको उच्च शिक्षाको लागि आर्थिक सहयोग

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । मगर संघ अमेरिकाले बीबीसीको १०० औं प्रभावशाली महिलामा पर्न सफल भएकी म्याग्दीकी सपना रोका मगरको उच्च शिक्षाको लागि आर्थिक सहयोग पठाएको छ ।

संघले सपनाको उच्च शिक्षाको लागि १ लाख १० हजार पाँचसय रुपैयाँ सहयोग पठाएको हो । कलिलो उमेरमै संघर्षशील रहेर मगरसमुदायको मात्र नभएर सिंगो देशकै नाम फैलाउन सफल भएकी रोका मगरको उच्च शिक्षाका लागि आफूहरुले केही सहयोग गर्न पाएकोमा गर्व लागेको मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगरले बताएका छन् ।

नेपाल मगर संघद्धारा मंगलबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा सपनालाई उक्त रकम हस्तान्तरण गरिएको थियो । मगर संघ अमेरिकाले आफ्नो उच्च शिक्षाका लागि उक्त रकम पठाएकोमा सपनाले खुसी व्यक्त गर्दै हौसला, साथ र सहयोगका लागि मगर संघ अमेरिकाप्रति आभार व्यक्त गरेकी छन् ।

स्मरण रहोस्, बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र मार्फत् सडकमा बेवारिसे बनेकाहरुका लागि खाना खुवाउँदै आएकी तथा संस्थाका अध्यक्ष विनयजंग वस्नेतसँग मिलेर सडक, अस्पताल लगायत विभिन्न ठाउँमा बेवारिसे बनेका शबहरुको व्यवस्थापन गर्दै आएकी सपनालाई गत साता बीबीसीले सन् २०२० को संसाभरीका १०० प्रतिभाशाली महिलाको सूचीमा राखेको हो ।


कस्तो लाग्यो ?

यो पनि