बैशाख ०७, २०८१, शुक्रबार
               

विमानस्थलमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीयले चार घण्टा लगाएर आगो निभाएका हुन् ।

विद्युत सर्ट भएर भएको आगलागीमा सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घर जलेर नष्ट भएको हुम्लाका डिएसपी सूर्यप्रकास सुवेदीले जानकारी दिए ।

उनका अनुसार कोठामा रहेका सामग्री पनि जलेको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । 

आज बिहान चार बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको प्रहरीको अनुमान छ । 

बिहान अध्यारोमै आगोको गन्ध आएपछि पल्लो कोठा रहेका कार्यालय प्रमुख विष्णु प्रसाद अधिकारी बाहिर आएर हेर्दा आगलागी भएको थाहा भएको थियो । 

उनले स्थानीय र प्रहरीलाई खबर गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि