माघ ०९, २०७७, शुक्रबार
               

प्रहरीको डण्डाबाट पेलिएका मेरा करङ झन् बढी दुख्दै गयो : वरिष्ठ नेता पौडेल

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

काठमाडौं । बुधबार आफ्नै गृहजिल्ला तनहूँमा प्रहरीद्वारा पक्राउ परेर  छुटेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको कुटाइबाट आफ्नो छाती पहिलेभन्दा बढी दुख्दै गएको बताएका छन् ।

ब्यास नगरपालिकामा पुल उद्घाटन गर्न वरिष्ठ नेता पौडेल तनहुँ पुगेपछि संघीय बजेटमा बनेको पुल भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले अवरोध गरेका थिए । कांग्रेस र नेकपाका कार्यकर्ताबीचको विवादले झडपको रुप लिने अवस्था भएपछि तनहुँ जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।  

​निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न गएका नेता पौडेललाई निषेधाज्ञाको उल्लंघन गरेकको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको थियो। गिरफ्तारको क्रममा पौडेलको छातीमा चोट लागेको हो ।

वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साँझ दुखेर आयो, हिँजोभन्दा आज दुखाइ बढी छ, सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा  पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन, असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

यो पनि