बैशाख १२, २०८१, बुधबार
               

भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया पराजित

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारत १३ रनले विजयी भएको छ । यो जितपछि पनि भारतले सिरिज दुई एकले गुमाएको छ ।

कानबेरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३०२ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको भारतले २६ रनमा पहिलो विकेट गुमाएका थियो । त्यसपछि ८२ रनमा दोस्रो विकेट खेर फालेको भारतले ११४ रन बनाउँदा तेस्रो विकेट गुमायो ।

उसका ओपनर शिखर धवन १६ रनमा आउट भए भने शुंभव गिलले ३३ रन बनाए । त्यसपछि क्रिजमा आएका श्रेयस ऐयर पनि १९ रनमा आउट भए । लगत्तै लोकेश राहुल मात्र पाँच रनमा पेभेलियन फर्किएपछि भारतले १२३ रनमा चौथो विकेट गुमायो ।

भारतका लागि कप्तान विराट कोहलीले ६३ रन बनाए । उनले एकदिवसिय क्रिकेटमा कम खेलमा १२ हजार रन बनाउने रेकर्ड पनि बनाए ।

अन्तिममा हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई चुनौतीपुर्ण लक्ष्यमा पुर्याए । जसमा हार्दिकले ९२ रन बनाए । उनले ७६ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै जडेजाले ५० बलमा ६६ रन बनाए । जसमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

जवाफमा अष्ट्रेलियाले ४९ ओभर तीन बलमा सबै विकेट गुमाउँदै २८९ रन बनायाे । सुरुवाती दुई खेल हारेको भारतले अन्तिम खेलमा पनि कठिन जित निकाल्यो । अष्ट्रेलियाका लिग कप्तान आरोन फिच्नले ७५ रन बनाए भने मोइसेस हेनरिकले २२ रन बनाए । यस्तै केमरुन ग्रिनले २१ रन बनाउँदा एलेक्स कारेले ३८ रन जोडे ।

यस्तै ग्लेन म्याक्सवेलले ५९ रन बनाए भने एस्टोन अगरले २८ रन थपे । अन्तिम तीन ओभरमा अष्ट्रेलियालाई जितका लागि २३ रन चाहिएकोमा उसले बनाउन सकेन । बलिङमा भारतका सरदुल ठाकुरले तीन तथा नटराजनले दुई विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि