बैशाख १३, २०८१, बिहीबार
               

बुधबार १४ सय ९० संक्रमित थप, ९ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २५६ पुगेको छ । हाल देशभर १६ हजार ५४७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । साथै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ५३८ पुगेको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि