चैत १६, २०८०, शुक्रबार
               

नेपाल प्रहरीका दुई एसपी निलम्बित

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) लाई निलम्बन गरिएको छ ।  

एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए । 

निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । 

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुखेर्तमा रहँदा उनीहरुले प्रहरी आचरण विपरित आर्थिक अनियमितता गरेको छानविन रिपोर्टका आधारमा गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ ।

बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए । 

गृह मन्त्रालयले केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी भरत चौधरीलाई निलम्बन गरेको थियो । 

चेन अफ कमाण्डलाई जानकारी नगराइकन ड्युटी छाडेको आरोपमा मन्त्रालयले उनलाई निलम्बन गरेको हो । 

अहिले मालाखोतीमा डिएसपी प्रेम बहादुर शाहीलाई खटाइएको छ ।

यसैबीच, इलाका प्रहरी कार्यालय कपिलकोट, सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) मेघराज प्रसाद चौरसियालाई पनि निलम्बन गरिएको छ ।

प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेको कारण उनलाई निलम्बन गरिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि