चैत १६, २०८०, शुक्रबार
               

सन्नी देओललाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सन्नी देओललाई कोरोना संक्रमण भएको छ । 

सामाजिक सञ्जालमार्फत उनले आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।

सन्नी पछिल्लो समय मनालीको दशाल गाउँमा रहेका छन् । उनी परिवार सहित केही अगाडि मनाली पुगेका थिए । 

उनी मनाली आउँदा पनि परिवारका सदस्यसहित उनको पनि कोरोना परीक्षण गरिएको थियो । सो समय सबैको रिपोट नेगेटिभ आएको थियो ।

उनका परिवार भने मनालीबाट फर्किसकेका छन् । उनी पनि भोलि फर्किने तरखरमा थिए । त्यसैले उनले कोरोना परीक्षण गराएका थिए ।

परीक्षणको क्रममा उनमा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था भने समान्य रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि