बैशाख ११, २०८१, मंगलबार
               

अन्तिम समयमा गरेको गोलले मान्यता पाएन, तर पनि म्यानचेस्टर सिटी शीर्ष स्थानमै

एजेन्सी
मंसिर १७, २०७७

ADVERTISEMENT

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा समूह सी को म्यानचेस्टर सिटी एफसी पोर्टोसँग गोलरहित बराबरीमा रोकियो । अन्तिम समयमा गरेको गोलले मान्यता नपाए पनि म्यानचेस्टर सिटी समूहको शीर्ष स्थानमा कायम रहन सफल भयो ।

थप खेलाडीका रुपमा मैदान आएका गाब्रियल जिससले अन्तिम समयमा गोल गरेका थिए । तर उनको गोल अफसाइडका कारण खारेज भयो ।

गोलरहित बराबरीमा बाबजुद पनि पाँच खेलबाट १३ अंक जोडेको सिटी समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको पोर्टोको १० अंक भएको छ ।

ओलम्पिकासलाई २–१ ले पराजित गरेको मार्सेइलीले पहिलो जित निकालेर तीन अंक जोडेको छ ।

यसैगरी, समूह ए अन्तर्गत मंगलबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिड र बार्यन म्युनिखले १–१ को बराबरी खेलेका छन् ।

१३ अंकसहित बार्यन शीर्ष स्थानमा तथा ६ अंकसहित एथ्लेटिको दोस्रो स्थानमा छन् । यस्तै लोकोमोटिम मस्कोलाई ३–१ ले पराजित गरेको आरबी साल्जबर्ग चार अंकसहित तेस्रो स्थानमा पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि