बैशाख १२, २०८१, बुधबार
               

सुनको मूल्य बढ्याे

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो  लागेको छ ।

छापावाला सुन मङ्गलबारका तुलनामा आाज प्रतितोला ५०० ले वृद्धि भएर ९१ हजार रुपैयाँमा कारोवार भएको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ । 

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।

मङ्गलबार प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० रुपैयाँमा कारोवार भएको छ । 

यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोवार भएको छ ।

मङ्गलबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि