बैशाख ११, २०८१, मंगलबार
               

माहुरीको टोकाइबाट गर्भवतीको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

सप्तरीमा माहुरीको टोकाइबाट गर्भवती महिलाको मृत्यु भएको छ ।

जिल्लाको रुपनी गाउँपालिका- १ रुपनी बजार निवासी राजेश यादवकी २४ वर्षीया पत्नी रमिलाको मृत्यु भएको हो ।

घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट र्फकँदै गरेकी महिलालाई मंगलबार दिउँसो माहुरीले टोकेको उनको परिवारले बताएका छन् ।

उनको मुख, घाँटी र छातीमा एकै पटक सयौं माहुरीले टोकेका थिए ।

माहुरीको टोकाइबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

मृतक महिला ६ महिनाकी गर्भवती थिइन् । उनको ५ वर्षका एउटा छोरासमेत छन् ।


कस्तो लाग्यो ?

यो पनि