बैशाख १३, २०८१, बिहीबार
               

वैवाहिक बन्धनमा आदित्य-स्वेता (तस्बिरसहित)

एजेन्सी
मंसिर १७, २०७७

ADVERTISEMENT

बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले वैवाहिक जीवनको सुरुवात गरेका छन् ।

मंगलबार आदित्यले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

आदित्यको विवाहका तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । 

आदित्य र श्वेता दुलाहा दुलहीको पोशाकमा निकै सुन्दर देखिएका छन् । 

आदित्यले गुलाबी रंगको स्कार्फ, क्रिम कलको शेरवानीमाथि दुपट्टा लगाएका छन् ।

श्वेताले भने पिंक र क्रिम कलरको लेहंगा लगाएकी छन् ।

आदित्य र श्वेता लामो समयदेखि प्रेम सम्बनधमा थिए ।

दुवैले ‘सापित’ नामक चलचित्रमा एकसाथ काम समेत गरेका थिए । 

उक्त फिल्मको निदृेशन विक्रम भट्टले गरेका थिए ।

विवाहमा आदित्य र श्वेताका निकट साथीहरु र नातेदारहरुलाई मात्र निमन्त्रणा गरिएको थियो । 

आद‍ित्य नारायणका बाबा गायक उदित नारायण झा पनि विवाहको आनन्द लिइरहेको तस्बिरमा देख्न सकिन्छ । 


कस्तो लाग्यो ?

यो पनि