बैशाख १४, २०८१, शुक्रबार
               

बालुवाटारमा ओली समूहकाे छलफल जारी

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । मंगलबारदेखि जारी नेकपाकाे सचिवालय बैठक आज १ बजे बालुवाटारमा बस्दैछ । हिजोदेखि जारी बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नैतिक तथा राजनीतिक संकट परेपछि उनी अहिले आफूनिकटका नेताहरूसँग परामर्श गरिरहेका छन् । 

स्राेतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूनिकटका नेताहरूसँग छलफल गरिरहेका छन् । आज १ बजे सुरु हुने बैठकमा के कसरी प्रस्तुत हुने वा बैठकमै उपस्थित नहुने भनेर फलफल भइरहेकाे स्राेतले जनाएकाे छ । मंगलबारकाे बैठकमा बुधबार बैठक नराखौं भनेर प्रधानमन्त्री ओलीले आग्रह गरे पनि अर्का अध्यक्ष प्रचण्डले बैठक नराेक्ने भनेपछि ओली आफू उपस्थित नहुने संकेत गरेका थिए । 

तर आजकाे बैठक कुनै हालतमा नराेकिने र प्रकृयागत रुपमा बैठक चल्दा आफू अल्पमतमा रहनुका साथै बहुमतले निर्णय गर्न सक्ने भएकाेले ओलीले अहिले बालुवाटारमा आफूनिकटका नेताहरूलाई बोलाएर छलफल गरिरहेका बालुवाटार स्राेतले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि