माघ १२, २०७७, सोमबार
               

पाँचथरमा जिप दुर्घटना, एकको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

फिदिम । मेची राजमार्गअन्तरगत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शंकर रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

स्वच्छन्द कन्काई निर्माण सेवाको बा १९ च ५७३६ नम्बको डबल क्याप पिकअप जिप फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

यो पनि