बैशाख ०८, २०८१, शनिबार
               

रियल मड्रिडको अर्को हार : जिदानले भने- ‘म राजीनामा दिन्नँ’

एजेन्सी
मंसिर १७, २०७७

ADVERTISEMENT

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले पुन: खराब नतिजा निकालेको छ ।

मंगलबार राति समूह बीको खेलमा रियल मड्रिडले युक्रेनकाे शख्तर डोनेस्कसँग २–० को हार ब्यहोरेको हो ।

पछिल्लो नतिजाले च्याम्पियन्स लिगमा रियल मड्रिडमा यात्रा कठिन बनेको छ ।

खेलको ५७ औं मिनेटमा डेनटिनहोले गोल गर्दै शख्तरलाई अघि बढाएका थिए । खेल सकिन ८ मिनेट अघि मनोर सोलोमनले शख्तरको जित सुनिश्चित गरेका थिए ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल समूह बीको तेस्रो स्थानमा झरेको छ । समूह चरणमा अब अन्तिम चरणको खेल बाँकी छ । अघिल्लो चरण प्रवेश गर्न रियलले समूहको शीर्ष स्थानको बोरुसिया मोन्चेनग्ल्याडवाचलाई हराउनुपर्नेछ ।

जित सहित शख्तर ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रियल समान अंक भएपनि तेस्रो स्थानमा पुगेको छ ।

रियल यस सिजन निरन्तर खराब प्रर्दशन र नतिजाको सिकार बनेको छ । शनिबार मात्र रियल आलाभेससँग २–१ले स्पेनिस लिगमा पराजित बनेको थियो ।

सोही समूहको अर्को खेलमा रोमेलु लुकाकुले दुई गोल गरेपछि ईन्टर मिलानले मोन्चेनग्ल्याडवाचलाई ३–२ ले हराएको छ ।

जित सहित ईन्टरले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । उसले अन्तिम खेलमा शख्तरलाई हराउनुपर्नेछ भने समूहको दोस्रो खेलको नतिजा समेत पर्खनुपर्नेछ ।

मोन्चेनग्ल्याडवाच ८ अंक सहित शीर्ष स्थानमा छ । पुछारको ईन्टरको ५ अंक छ ।

राजीनामा दिन्नँ : जिदान

यसैबीच शाख्तार डोनेस्कसँग रियल म्याड्रिड पराजित भएपछि म्यानेजर जिनेदिन जिदानले आफूले राजीनामा नदिने बताएका छन् । पराजयपछि कीर्तिमानी १३ पटकको युरोपियन च्याम्पियन हाल समूह बीको तेस्रो स्थानमा रहेको छ ।

२–० को हार ब्यहोरेपछि जिदानले भने, ‘म कुनै हालतमा पनि राजीनामा दिन्नँ ।’ गत शनिबार मात्र रियल आलाभेससँग स्तब्ध बनेको थियो । उनले थपे, ‘हामीसँग जहिले पनि कठिन समय हुनसक्छ । अहिले हामी खराब दौरबाट गुज्रिरहेका छौँ । तर, हामी यसबाट अघि बढ्नुपर्छ ।’

‘मसँग यो अवस्थालाई बदल्ने शक्ति छ र म यसका लागि सम्पूर्ण प्रयास गर्नेछु । मेरो खेलाडीले पनि त्यही गर्नेछन्,’ उनले भने, ‘हामीले राम्रो खेल्यौँ र योभन्दा राम्रो नतिजाको हकदार थियौँ । अब हामीले अर्को खेलका लागि तयारी गर्नुपर्छ ।’

यो पनि