माघ ०५, २०७७, सोमबार
               

ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको निधन

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

सोलुखुम्बु । ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण निधन भएको छ ।

केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल धरान १५ बस्दै आएका गुरुङको शव परीक्षणपछि आज आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो पनि